images
images

२ हजार ७ सय २५ जना सवारी चालक कारवाहीमा


  • 426
    SHARES
  • २०७९ कार्तिक ६ गते आइतबार

    २ हजार ७ सय २५ जना सवारी चालक कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७ सय २५ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई शनिबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ९३ जना, लेन अनुशासन पालना नगर्ने ३६ जना, रेड लाइडमा सवारी साधन चलाउने ६२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय १४ र नम्बर प्लेट राम्रोसँग नराख्ने १ सय ७७ जना चालक रहेका छन् । यस्तै २ हजार १ सय ४३ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo