images
images

निर्वाचन प्रचार प्रसारको टिकटक बनाउनेलाई आयोगले ५० हजार दिने, के के छन् सर्तहरु ?


  • 370
    SHARES
  • २०७९ कार्तिक ६ गते आइतबार

    निर्वाचन प्रचार प्रसारको टिकटक बनाउनेलाई आयोगले ५० हजार दिने, के के छन् सर्तहरु ?

    काठमाडौं । निर्वाचन आयोगले उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई ५० हजार रुपैयाँको पुरस्कार दिने भएको छ । आयोगलेनिर्वाचन प्रचार प्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाका लागि राम्रा टिकटक बनाउनेलाई ५ जनालाई ५० हजारका दरले पुरस्कार र प्रशंसापत्र प्रदान गर्ने निर्णय गरेको हो । 

    आगामी निर्वाचनको तिम्ति निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षाको लागि उपयुक्त टिकटक बनाउन चाहनेलाई कात्तिक ५ गतेदेखि १५ गतेसम्म आयोगको इमेल ठेगानामा टिकटक पठाइदिन अनुरोध गरिएको छ । 

    टिकटकले निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयलाई समेट्नुपर्ने आयोले जनाएको छ ।

    WhatsApp Image 2022-10-22 at 6.06.24 PM.jpeg


    images
    images

    Logo