काठमाडौं । आज साताको पहिलो दिन सुनचाँदीको मुल्यमा स्थिर आएको छ । आइतबार छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार रुपैयाँमा कायम भएको छ ।
यस साता शनिबार पनि सुनचाँदीकाे काराेबार भएकाे छ । शनिबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज सोही मुल्यमा कायम भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कायम भएको छ । चाँदीको मुल्य प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।