images
images

भिटामिन ‘ए’ खान छुटेका बालबालिकालाई फेरि खुवाइने


  • 292
    SHARES
  • २०७९ कार्तिक ५ गते शनिबार

    भिटामिन ‘ए’ खान छुटेका बालबालिकालाई फेरि खुवाइने

    काठमाडौं । भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका लागि पुनः खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले यही कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन आग्रह गरेका छन् । 

    “छ महिनादेखि ५९ महिनासम्मका कुनै बालबालिका भिटामिन ए क्याप्लुस र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिका जुकाको औषधि खान छुटेका छन् भने उनीहरुलाई दुई हप्ताभित्र नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिन्छ”, उनले जारी गर्नुभएको विज्ञप्ति उल्लेख गरिएको छ । 

    सरकारले प्रत्येक वर्षमा दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गर्दछ । 

     


    images
    images

    Logo