images
images

महामन्त्री विश्वप्रकाश शर्मासँग आयोगले माग्यो स्पष्टीकरण


  • 438
    SHARES
  • २०७९ कार्तिक ४ गते शुक्रबार

    महामन्त्री विश्वप्रकाश शर्मासँग आयोगले माग्यो स्पष्टीकरण

    काठमाडौं ।  निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग स्पष्टीकरण माग गरेको छ । आयोगले शर्मामाथि आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि २४ घण्टे स्पष्टीकरण माग गरेको हो । 


    आगलागीपीडित केबल निरौलाको घर निर्माणका लागि अमेरिकाबाट प्राप्त भएको २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको फोटो फेसबुकमा सार्वजनिक गरेको भेटिएको आयोगले जनाएको छ। आगलागी पीडितलाई पैसा वितरण गरेको भन्दै उजुरी परेपछि आयोगले शर्मालाई स्पष्टीकरण सोधेको हो । 

    आयोगले रकम हस्तान्तरण भएको बारे के कस्तो भएको हो ? र नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम किन कारबाही गर्नु नपर्ने हो ? भनि प्रश्नसमेत सोधेको छ ।

    pr.jpg


    images
    images

    Logo