काठमाडौं । अश्लील भिडियो खिचेको आरोपमा बाँसबारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजरलाई पक्राउ गरेको छ । काठमाडौंको बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर चन्द्रागिरि घर भएका ४२ वर्षका मुकेश मालीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले लजमा बस्न आउने पाहुनाहरुको गोप्य रुपमा अश्लील भिडियो रेकर्ड गर्ने गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले मालीलाई पक्राउ गरेको हो । उनले बस्न आउने ग्राहकहरुको अन्तरङ्ग तथा अश्लील भिडियो फेला पारेपछि उनलाई पक्राउ गरेको हो ।
उनको साथमा रहेको आइफोन १२ प्रो म्याक्स पनि बरामद गरेको छ भने उनमाथि थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।