काठमाडौं । बैदेशिक रोजगार विभागले श्रम तथा रोजगार कार्यालयलाई अन्य ६ अधिकारहरु थप गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गतका धनगढी, सुर्खेत, पोखरा, जनकपुर र विराटनगरमा रहेका श्रम तथा रोजगार कार्यालयलाई थप ६ अधिकार दिएको छ ।
त्यस्तै, वैदेशिक रोजगार ऐन २०६४ को दफा १५ बमोजिम बैदेशिक रोजगारमा कामदार पठाउने निश्चित संख्यामा माग निधारण गरि पूर्व स्वीकृती प्राप्त निवेदन लिने र पूर्व स्वीकृती लिने अधिकार दिएको छ । वैदेशिक रोजगार ऐन २०६४ को दफा १६ बमोजिम विज्ञापन गरेको नगरेको सम्बन्धमा नियमित अनुगमन गरि सत्य तथ्य बुझ्ने समेत अधिकार दिएको छ ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा १६ बमोजिम विज्ञापन गरे/नगरेको सम्बन्धमा नियमित अनुगमन गर्ने, तोकिएको संख्यामा नबढ्ने गरी श्रम स्वीकृतिको निस्सा (स्टिकर) का लागि निवेदन लिने र श्रम स्वीकृतिको निस्सा (स्टिकर) दिने अधिकार पनि पाएका छन् ।
व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जान चाहनेहरूबाट निवेदन लिने र विभागको प्राप्त निर्णय वा अधिकार प्रत्यायोजन भएअनुसार स्वीकृति दिने अधिकार पाएका हुन् । वैदेशिक रोजगार ऐन २०६४ को दफा ३४ बमोजिम इजाजतपत्र वाला शाखा कार्यालयहरूको अनुगमन तथा निरीक्षण गर्ने अधिकार समेत कार्यालयहरूले पाएका छन् । त्यस्तै वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७४ तथा वैदेशिक रोजगार नियमावली २०६४ को नियम ४७ र ४८ मा उल्लेखित व्यवस्थाको पालना गरे/नगरेको अनुगमन गर्ने अधिकार पनि पाएका छन् ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा ३४ बमोजिम इजाजतपत्र वाला शाखा कार्यालयहरूको अनुगमन तथा निरीक्षण गर्ने अधिकार समेत कार्यालयहरूले पाएका छन् ।




