images
images

झापा बलात्कार काण्ड : प्रहरी माथि प्रश्न चिन्ह ? गगन पुरी कानुनी दायरामा आउन सक्ने 


  • 360
    SHARES
  • २०७९ कार्तिक ४ गते शुक्रबार

    झापा बलात्कार काण्ड : प्रहरी माथि प्रश्न चिन्ह ? गगन पुरी कानुनी दायरामा आउन सक्ने 

    दमक ।  दमकमा भएको चर्चित बलात्कार प्रकरण मिलाउन प्रहरीनै अग्रसर भएको सुचना बाहिरिएको छ । माओवादी नेताहरु गगन पुरी,भूमिका कोइराला,इक्सा लिम्बु सक्रिय भएपछि उक्त बलात्कार प्रकरण प्रहरिलेनै मिलाउन खोजेको कुरा खुलासा भएको हो । 

    बलाल्कार माओवादी नेता दीपक फुयेलले गंगा (नाम परिवर्तन)लाई गरेका थिए । गंगाले जाहेरी दिएपछि फरार रहेका दीपक पक्राउ परेर अहिले प्रहरी हिरासतमा छन् । 

    बलात्कार जस्तो संगीन आरोप लागेर हिरासतमा रहेका अभियुक्तसँग पीडित महिलालाई बोलाएर प्रहरीले भेट गराएपछि प्रहरीको नियतमा समेत शंका उत्पन्न भएको छ ।

    हिरासतमा रहेका दीपकसँग प्रहरीले गंगाको भेट गराएको छ । गंगाले सार्वजनिक रुपमा दिएको एक भिडियो अन्र्तवार्तामा प्रहरीले आफूलाई बोलाएर दीपकसँग पाँच मिनेट भेट गराएको खुलासा गरेकी छिन् । 

    दीपकलाई जोगाउन दमकका माओवादी नेताहरु गगन पुरी, भूमिका कोइराला, इक्सा लिम्बु लगायत सक्रिय छन् । भूमिका कोइराला र इक्सा लिम्बु दिनभरी प्रहरी कार्यायलमा बसेर दीपकलाई जोगाउने गरी मुद्दाको मिसिल तयार पार्ने काम गरिरहेका कुरा वाहिर आएको छ । 

    पीडित महिलाले आफूलाई गगन पुरी, भूमिका कोइराला लगायतले मिल्नका लागि दवाब र धम्की दिएको बताएकी छिन् । भूमिकाले आफूलाई एक मन्दिरमा लगेर गम्भीर मानसिक यातना र दवाब दिएको पनि गंगाले बताएकी छिन् । त्यसपछि आफूले आत्महत्याको प्रयास गरेको पनि उनको भनाई छ । 

    गंगाको प्रकरणमा प्रहरीको भूमिका शंकास्पद बिना कारण देखिएको होइन । सत्तापक्षमा रहेका गगन पुरी लगायतले दमकको प्रहरी प्रशासनलाई चरम दवाबमा राखिरहेका छन् । दमकका सरकारी अधिकारीहरु गगनको चर्काे दवाबका कारण विद्रोह गर्ने अवस्थामा पुगेका छन् । दमकका एक प्रहरी अधिकारी भन्छन्, गगनले भनेजति सबै काम मान्ने हो भने हाम्रो जागिर जान्छ ।

    तर, प्रहरीले त्यसो भने पनि गंगाको मुद्दा कमजोर बनाएर अदालतमा लगिने सम्भावना भने टड्कारो रुपमा देखिएको छ । आत्महत्या गर्नुपर्ने अवस्थासम्म एक महिलालाई पुराउने भूमिका कोइराला, बलात्कार प्रकरणमा मिलापत्र गराउनुपर्छ भन्ने गगन पुरी लगायतलाई पनि कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने देखिएको छ । 


    images
    images

    Logo