images
images

मुल्य सुची अनुसार बिल नभए व्यवसायीलाई कारवाही गर्ने विभागकाे चेतावनी


  • 329
    SHARES
  • २०७९ कार्तिक ४ गते शुक्रबार

    मुल्य सुची अनुसार बिल नभए व्यवसायीलाई कारवाही गर्ने विभागकाे चेतावनी

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होलट तथा रेष्टुरेण्टमा मुल्य सुचीको अनुसार विल नभए व्यवसायीलाई कारवाही गर्ने चेतावनी दिएको छ । विहीबार विभागले एक सुचना जारी गर्दै होटल, रेष्टुरेण्ट तथा बार  व्यवसायीलाई  मुल्य सुची (मेन्यु)मा राखेको मूल्य नै अन्तिम मूल्य भएको स्मरण गराउँदै सोही बराबरको रकम लिन निर्देशन दिएको हो । 

    त्यसरी उल्लेख गरिएको मूल्यमा कुनै किसिमको अतिरिक्त रकम नलिन र सो गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारवाही हुने चेतावानी समेत दिएको छ । 

    त्यस्तै,  अभिवृद्धि करमा दर्ता भएको व्यक्तिले आफ्नो प्रदर्शनी कक्षा बिक्री कक्ष, होटल, रेष्टुरेण्ट, बार, कारोबारस्थल वा आपूर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको बिक्री मूल्य (ट्याग प्राइस, मेन्यु प्राइस र सेल्फ प्राइस) मा कर सहितको मूल्य उल्लेख गर्नु पर्नेछ’ भन्ने व्यवस्था रहेको भन्दै मेन्युमा नै सबै शुल्क जोडेर हुन आउने उपभोक्ता मूल्य मात्रै राख्नुपर्ने व्यवस्था गरेको विभागले जनाएको छ । 

    विभागले मेन्युको तल वा अन्तिम पृष्ठमा थप शुल्क लाग्नेबारे उल्लेख गरेको पाइएको भन्दै त्यसो नगर्न र गरेमा कारवाही गर्ने चेतावनी दिएको हो ।  विभागका प्रवक्ता होमनाथ भट्टराईले यदि कुनै होटल, रेष्टुरेण्ट तथा बारले मेन्युमा लेखिएको रकममा सेवा शुल्क र भ्याट थप लाग्ने भनी लिएमा तत्काल उपभोक्ता हित संरक्षण विभागमा उजुरी गर्न आग्रह गरेका छन् ।

    Banijya_Suchana_xszXyPud7o.jpg


    images
    images

    Logo