काठमाडौं । असोज महिनाको अन्तिम ३ दिनमा वाणिज्य बैंकको निक्षेप २८ अर्बले बढेको छ । वैंर्कष संघले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बाणिज्य बैंकको निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ ।
नेपाल बैंकर्ष संघका अनुसार असोज २८ गतेसम्म बैंकहरुको निक्षेप ४५ खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो । असोज ३१ गतेसम्म आइपुग्दा बैंकहरुको निक्षेप २८ अर्बले बढेर ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, बाणिज्य बैंकको कर्जा २७ अर्बले रुपैयाँले बढ्न पुगेको छ । संघका अनुसार असोज २८ गतेसम्म बैंकहरुको कर्जा ४१ र्खब ९३ अर्ब रुपैयाँ रहेको थियो भने असोज ३१ गतेसम्म आइपुग्दा बैंकहरुको कर्जा २७ अर्ब रुपैयाँले बढेर ४२ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ ।