images
images

ठूलो परिमाणको लागुऔषधसहित विभिन्न क्षेत्रबाट २१ पक्राउ


  • 243
    SHARES
  • २०७९ कार्तिक ३ गते बिहीबार

    ठूलो परिमाणको लागुऔषधसहित विभिन्न क्षेत्रबाट २१ पक्राउ

    काठमाडौं । प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित विभिन्न क्षेत्रबाट २१ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँबाट खटिएको प्रहरीको टोलीले उनीहरूबाट ३३.४ ग्राम खैरो हेरोइन, १५ किलो गाँजा र २ हजार १ सय ४० पिस लागुऔषध एम्पुल बरामद गरेको ब्युरोले आज एक सूचना जारी गरी जनाएको छ । 

    उनीहरूका साथबाट ११ लाख २५ हजार ५ सय रुपैयाँ समेत बरामद गरिएको ब्युरोका प्रवक्ता योगेन्द्रकुमार खड्काले जानकारी दिए । पक्राउ पर्नेमा सोलुखुम्बुका ग्याल्जेन शेर्पा, इलामका दिनेश तामाङ, सिर्जना राई, कृष्ण तामाङ, सरोज राई, नुवाकोटका कृण्णबहादुर राई र सरोज राई, सर्लाहीका रञ्जित गोले, धादिङका शर्मिला तामाङ रहेका छन् । 

    यस्तै नियन्त्रित लागुऔषधसहित पर्साका सन्दीप दास, मेलिना भण्डारी, उपेन्द्र कुशवाह र दिपुप्रसाद कुशवाह, चितवनका, श्रीकृष्ण भण्डारी, पर्साकै कृशन शाह, चन्दन महतो, सुवास सहनी र सप्तरीका चन्दनकुमार दासलाई पनि पक्राउ गरिएको छ । 

    यस्तै भारत मधुवनीका शम्भुकुमार साह, भारत मेघालयका सन्दीप शर्मा, गोरखाका सचिन देवकोटालगायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूका साथबाट १३ लाख ६२ हजार रुपैयाँ मूल्य बराबरको लागुऔषध बरामद भएको जनाइएको छ । 

     


    images
    images

    Logo