काठमाडौं । बैंकहरुको निक्षेप एकैदिन ४१ अर्ब रुपैयाँले बढेको छ । राष्ट्र बैंकको विवरण अनुसार असोज ३१ गते बैंकहरुको निक्षेप सो रकम बराबर बढ्न पुगेको हो ।
असोज ३० गते ५१ खर्ब २९ अर्ब रुपैयाँ रहेको निक्षेप ३१ गते एकैदिन ४१ अर्ब रुपैयाँले बढेर ५१ खर्ब ७० अर्ब रुपैयाँमा पुगेको छ । त्यस्तै, सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन २९ अर्ब रुपैयाँले बढेको छ । असोज ३० गते ४५ खर्ब १८ अर्ब रुपैयाँ रहेको थियो ३१ गते सो रकम २९ अर्बले बढेर ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरि, सोही समयमा अन्य बैंक तथा वित्तीय संस्ताहरुको पनि निक्षेप १०अर्ब रुपैयाँले बढेको छ । ३० गते ६ खर्ब १२ अर्ब रुपैयाँ रहेको निक्षेप ३१ गते १० अर्बले बढेर ६ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ ।
यसरी बैंकहरुको निक्षेप एकैदिन ४१ अर्बले बढ्दा कर्जा लगानी ३५अर्ब रुपैयाँले बढेको छ । असोज ३० गते ४७ खर्ब २२ अर्ब रहेको निक्षेप ३१ गते ३५ अर्बले बढेर ४७ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ । सो समयमा वाणिज्य बैंकको मात्रै कर्जा लगानी ३२ अर्बले बढेर ४२ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको २ अर्बले बढेर ५ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
असोज ३१ गते बैंकहरुको सीडी रेसियो पनि घटेर ८६.९१ प्रतिशतमा झरेको छ ।




