images
images

मेगा बैंकले संचालनमा ल्यायो भू–सेवा केन्द्र, अब घरजग्गा रोक्का–फुकुवा बैंकबाटै हुने


  • 274
    SHARES
  • २०७९ कार्तिक ३ गते बिहीबार

    मेगा बैंकले संचालनमा ल्यायो भू–सेवा केन्द्र, अब घरजग्गा रोक्का–फुकुवा बैंकबाटै हुने

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई सहज रुपमा घर, जग्गा, अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा उपलब्ध गराउने उद्देश्यले भू–सेवा केन्द्र संचालनमा ल्याएको छ । 

    भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँगको समन्वयमा भू–सेवा केन्द्र संचालन निर्देशिका, २०७६ तथा भू–सेवा केन्द्र संचालन निर्देशिका (पहिलो संशोधन), २०७८ बमोजिम भू–सेवा केन्द्र संचालनको अनुमति लिई घर, जग्गाको रोक्का तथा फुकुवा अनलाइनबाट गर्ने कार्यको सुरुवात गरेको मेगा बैंकले जनाएको छ । 

    भूमि व्यवस्थापन तथा अभिलेख विभागमा आयोजित समारोहमा भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया तथा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का, रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । समझदारी पत्रमा मेगा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका तर्फबाट महानिर्देशक पिताम्बर घिमिरेले हस्ताक्षर गरे । 

    भू–सेवा केन्द्र संचालनमा आएपछि घर, जग्गाको रोक्का तथा फुकुवाका लागि बैंकको प्रतिनिधि, जग्गा धनी तथा ऋणी सम्बन्धित मालपोत कार्यालयहरुमा उपस्थित नभई बैंककै भू–सेवा केन्द्रमा उपस्थित भई आवश्यक कागजपत्रहरु अनलाइनमार्फत पेश गरे पुग्नेछ । 

    बैंकबाट रोक्का तथा फुकुवा कार्य गर्न सकिने हुँदा बैंक, सेवाग्राही तथा सम्बन्धित मालपोत कार्यालयहरुलाई समेत रोक्का तथा फुकुवा कार्यमा सहजीकरण हुने विश्वास मेगा बैंकको छ । यसबाट सेवाग्राही तथा बैंकको समय तथा लागतको समेत बचत हुन गई समयमा नै बैंकिङ्ग सुविधा उपभोग गर्न सकिनेछ भने मालपोत कार्यलयहरुमा समेत बैंकको रोक्का तथा फुकुवा कार्यका लागि सेवाग्राहीहरुको भीडमा कमी आई अझै प्रभावकारी ढंगबाट विश्वासनीय सेवा प्रवाह गर्ने वातावरण सिर्जना हुने मेगा बैंकले विश्वास लिएको छ ।  

    मेगा बैंकका अध्यक्ष शाह तथा का.मु. प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकबाट प्रवाह हुने बैंकिङ्ग सेवा सुविधाहरुलाई डिजिटलाइज गर्ने सन्दर्भमा मेगा बैंक सदैव अग्रस्थानमा रहेको बताउनुभयो । बैंक तथा वीत्तिय संस्थाहरुमा भू–सेवा केन्द्र संचालनमा ल्याउने मेगा बैंक पहिलो बैंक भएकोले बैंकिङ्ग सेवा सुविधाहरुलाई डिजिटलाइज गर्ने बैंकको उद्देश्यमा अर्को कोशेढुङ्गा सावित भएको उहाँहरुले बताए । 

    घर, जग्गा रोक्का तथा फुकुवा कार्यलाई डिजिटलाइज गर्ने नेपाल सरकार, भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागको योजनामा मेगा बैंक तथा वित्तिय संस्थाहरुमा पहिलो सदस्यको रुपमा सेवा संचालन गर्न पाउनुका साथै नेपाल सरकारको डिजिटलाइजेशन सम्बन्धी योजनामा योगदान पुर्याउन पाएकोमा समेत बैंक गौरवान्वित भएको उनले बताऐ । 

    भू–सेवा केन्द्र संचालनको सन्र्दभमा आवश्यक समन्वय, सहयोग तथा सहजीकरण गरिदिनुभएकोमा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे लगायतका अन्य सम्पूर्ण कर्मचारीहरुप्रति उहाँहरुले बैंकका तर्फबाट आभार पनि ब्यक्त गरे । 

     


    images
    images

    Logo