काठमाडौं । मंगलबार धादिङकी ३२ वर्षीय महिलामा प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला दुई डाक्टरले सम्बन्धित पक्षलाई जानकारी नै नगराइ अलपत्र छाडेर हिँडेका छन् । वीर अस्पतालका प्रत्यारोपण सर्जन डा.पारसमणि नेपाल र डा. अनिल श्रेष्ठले सम्बन्धित पक्षलाई जानकारी दिएका छन् ।
उनीहरुले प्रत्यारोपणको लागि ५८ वर्षीया महिलाको मिर्गौला निकालेका थिए । निकालिएको मिर्गौला काम नलाग्ने भएको भन्दै नेपाल र श्रेष्ठ बिरामी र बिरामीका आफन्तलाई जानकारी नदिइ अस्पतालबाट हिँडेका हुन् ।
अस्पतालका प्रमुख डा.भुपेन्द्र बस्नेतले वीरमा भएको घटनालाई पुष्टि गर्दै यसलाई अनपेक्षित घटना भएको प्रतिक्रिया दिएका थिए । यो प्राविधिक विषय भएकाले यसमा छानविन लागि समिति बनाएका छौं, सो समितिको प्रतिवेदनको आधारमा आगाडि बढ्छौँ’, उनले भने।
उक्त घटनाको लागि अस्पतालका सिनियर सर्जन डा.प्रवीण श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन छ । सो समितिमा मेडिसिन विभागका प्रमुख डा.अशेष ढुंगाना, रेडियोलोजी विभागका प्रमुख डा.सरोज शर्मा, सीटीभीएस विभागका प्रमुख डा.दिनेश चापागाईँ, एनेस्थेसिया विभागकी डा.ऋतु प्रधान, प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठ र शाखा अधिकृत सीताराम खड्का रहेका छन् ।



