काठमाडौं । अमेरिकी इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनबाट १ सय मिलियन अमेरिकी डलर अथात् १३ अर्ब रुपैयाँ प्रत्यक्ष ऋण पाएको छ । बैंकले डिएफसी बाट १३ अर्ब ३० करोड रुपैयाँ प्रत्यक्ष ऋण पाएको हो ।
नेपालको लघु, साना मझौला तथा मध्यमस्तरका उद्योग सञ्चालन सहायताका लागि यो ऋण प्रप्त भएको बैंकले जनाएको छ । यो शीर्षकमा नेपालका बैंकमा डीफसीको सबै भन्दा ठूलो प्रत्यक्ष ऋण हो । यो सहायताले विद्यमान तरलता अभावको अवस्थामा अर्थतन्त्रमा थप वित्तीय सुविधाले केही सहजता प्रदान गर्ने अपेक्षा बैंकको छ ।
“डिएफसीसँगको साझेदारीले नेपालमा आर्थिक दिगोपन, रोजगारी सृजना र महिलाको जिविकोपार्जन सुधारमा सहयोग पुग्नेछ,” बैंकले जनाएकाे छ ।
एनएमबी बैंकले हालसम्म विभिन्न ९ विकास साहयता संस्थामार्फत दुई सय मिलियन डलर कर्जा भित्र्याइसकेको छ । यो सहित एनएमबी बैंकको वैदेशिक कर्जा ३०१ मिलियन डलर पुगेको छ ।



