images
images

आजबाट दोस्रो चरणको मतपत्र ढुवानी सुरु


  • 269
    SHARES
  • २०७९ कार्तिक ३ गते बिहीबार

    आजबाट दोस्रो चरणको मतपत्र ढुवानी सुरु

    काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सुरु भएको छ । निर्वाचन आयोगका अनुसार आज कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुलालगायतका जिल्लामा मतपत्र ढुवानी भएको छ ।

    बागमती, मधेश र प्रदेश नं १ का जिल्लामा यसअघि नै मतपत्र ढुवानी भइसकेको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म २० जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । बुधबार प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेशसभातर्फ डोटी, डडेलधुरा र कैलाली जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भएसँगै पहिलो हुने निर्वाचित हुने प्राणालीतर्फको करिब ३० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । 

    हालसम्म १ करोड २८ लाख ४९ हजार ५ सय मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ । प्रदेश सभातर्फको ६४ लाख ३२ हजार ५ सय र प्रतिनिधि सभातर्फ ६४ लाख १७ हजार रहेको छ ।

    हाल कायम रहेको १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि करिब ४ करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि करिब चार करोड मतपत्र आवश्यक पर्ने छ । 


    images
    images

    Logo