काठमाडौं । सरकारले तिहार तथा छट पर्वमा प्लास्टिकको मालाविक्री गर्ने प्रतिवन्ध लगाएको छ । बातावरण विभागले विहीबार सुचना जारी गर्दै चाडपर्वमा प्लास्टिकको माला विक्री गर्ने रोक लगाएको हो ।
सरकारले यसअघि साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गर्दै प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा प्रतिबन्ध लगाएको थियो ।तर, बजारमा प्लास्टिकजन्य फूलगुच्छाको बिक्री वितरण भइरहेको हुनाले पुनः सूचना जारी गरेर उक्त कार्यमा संलग्न नहुन अनुरोध गरेको छ ।
विभागले तिहार तथा छट पर्वमा प्लास्टिकको माला विक्री गरेमा १५ हजार देखि २० हजारसम्म जरिवाना हुने र सोही ऐन दफा ४१ को उपदफा २ बमोजिम विभागको निर्देशकबाट १ लाख रुपैयाँ सम्म जरिवाना समेत जनाएको छ ।
