काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलीदेखि सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । बैंकले धनतेरस अवसर पारेर सुन र चाँदीका सिक्का बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकले टक्सार विभागबाट धनतेरसको अवसर पारेर सिक्का वितरण गर्ने जनाएको छ । यस वर्ष धनतेरस कार्तिक ५ गते शनिबार परेको छ । राष्ट्र बैंकको अनुसार प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक/एक थान असर्फी वितरण गरिनेछ ।
यसका लागि सर्वसाधारणले बजार मूल्य अनुसार सिक्काको मूल्य भुक्तान गर्नुपर्नेछ । सुन तथा चाँदीको बन्ने यस्ता सिक्का सर्वसाधारणले लक्ष्मी पुँजाको दिनमा पुँजा गर्ने चलन छ ।