images
images

प्रतिबन्धित वस्तुको एलसी खोल्ने समयसीमा थपियो


  • 269
    SHARES
  • २०७९ कार्तिक २ गते बुधबार

    प्रतिबन्धित वस्तुको एलसी खोल्ने समयसीमा थपियो

    काठमाडौं । सरकारले आयातमा प्रतिबन्ध लगाएका विलासी वस्तुको एलसी खोल्न नेपाल राष्ट्र बैंकले रोक लगाएको छ । बैंकले एक सूचना जारी गर्दै नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर प्रतिबन्ध थप गरेका वस्तुको एलसी नखोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको हो । 

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत साता राजपत्रमा सूचना जारी गर्दै विलासी गाडी, मदिरा, महँगा मोटरसाइकल तथा मोबाइल लगायतका वस्तुको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याएको थियो । यो निर्णयलाई कार्यान्वयन गर्न राष्ट्र बैंकले सो अवधिसम्म ती वस्तुको एलसी नखोल्न भनेको हो । 

    अहिलेको व्यवस्था अनुसार १५० सीसी भन्दा माथिका मोटरसाइकल, कुनै पनि प्रकारका निजी सवारीसाधन, ३०० डलर भन्दा बढी मूल्यका मोबाइल फोन तथा सबै प्रकारका विदेशी मदिराको आयात पूर्ण रुपमा निषेधित छ । 


    images
    images

    Logo