images
images

मुकुन्द रिजाललाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण


  • 355
    SHARES
  • २०७९ कार्तिक २ गते बुधबार

    मुकुन्द रिजाललाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएकामा २४ घन्टेस्पष्टीकरण सोधेको छ । वडाध्यक्ष रिजालले काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको देखिने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्ने उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । 

    आचारसंहिताको दफा ५ मा  नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड ‘क’ मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रचार वा गर्न नहुने तर स्थानीय कार्यापालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्था रहेको स्मरण गराइएको छ । 

    स्पष्टीकरणमा भनिएको छ,“स्थानीय कार्यपालिकाको सदस्य तथा काठमाडौँ महानगरपालिका–१६ को वडाध्यक्षले काठमाडौँ महानगरपालिकाभित्र नेपाली कांग्रेस वा  अन्य कुनै राजनीतिक दलको वा दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसार गरेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लङ्घन  हुने गरी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनु भएको हो, होइन?”
     
    पत्रमा आफू स्थानीय कार्यपालिकाको सदस्य रहँदा रहँदै काठमाडौँ महानगरपालिकाभित्र दलको प्रचारप्रसारमा संलग्न भएको कार्यले निर्वाचन आचारसंहिताको उल्लङ्घन  हुने हुँदा तपाईंलाई किन निर्वाचन आयोग ऐन, २०७३  को दफा २३ को उपदफा ३ बमोजिमको जरिबाना गर्नु नपर्ने हो ? भनी जवाफ माग गरिएको छ ।


    images
    images

    Logo