images
images

४० लाख खर्चेर अनामनगरमा आकर्षक उद्यान बनाइने


  • 288
    SHARES
  • २०७९ कार्तिक २ गते बुधबार

    ४० लाख खर्चेर अनामनगरमा आकर्षक उद्यान बनाइने

    काठमाडौं । काठमाडौं महानगरपालिका–२९ स्थित अनामनगर प्रहरी वृत्तसँगै रहेको सार्वजनिक जग्गामा आकर्षक उद्यान निर्माण गरिने भएको छ । उद्यान निर्माणका लागि वाग्मती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयबाट४० लाख बजेट विनियोजन भएको वडाध्यक्ष कुश ढकालले जानकारी दिए । 

    राजधानीका सार्वजनिक जग्गामा उद्यान निर्माण गरी संरक्षण गर्ने उद्देश्यले बजेट व्यवस्था गरिएको हो । उद्यान निर्माणस्थलको वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले स्थलगत अनुगमन गरेका छन् । 

    सो अवसरमा मन्त्री श्रेष्ठले बजेट विनियोजन भइसकेकाले चालु आर्थिक वर्षमै आकर्षक उद्यान निर्माण गरिने जानकारी दिए । उद्यानको संरक्षण प्रहरी वृत्तले गर्ने भएको छ । मन्त्री श्रेष्ठको नेतृत्वमा महानगरपालिकाका विभिन्न स्थानमा अतिक्रमण भएका सार्वजनिक जग्गा संरक्षणको कामसमेत भइरहेको छ ।


    images
    images

    Logo