काठमाडौं । काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ६ सय ३९ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई मंगलबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने २ सय ४ जना, लेन अनुशासन पालना नगर्ने ७० जना, रेड लाइडमा सवारी साधन चलाउने ७४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय २० र नम्बर प्लेट राम्रोसँग नराख्ने २ सय ७० जना चालक रहेका छन् । यस्तै २ हजार ९ सय २ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।