images
images

एउटै प्रतियोगितामा नौ स्वर्ण पदक 


  • 617
    SHARES
  • २०७९ कार्तिक २ गते बुधबार

    एउटै प्रतियोगितामा नौ स्वर्ण पदक 

    पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एकैजना खेलाडीले  नौ स्वर्ण पदक जितेकि छिन । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १२  स्वर्ण पदक जित्दै  किर्तिमान बनाएकी  गौरीका सिंहलाई पछि पार्दै  पौडीकै डुआना लामाले नौ स्वर्ण पदक जितेकी जितेकी हुन् ।

     गौरिका सिंहजस्ती दक्षिण एसियाली खेलकुद(सागकी स्वर्ण पदक विजेता र अमेरिकामा बस्दै आएकी एश्ले सापकोटा डंगोललाई पछिपार्दै डुआनाले  पौडीका विभिन्न स्पर्धामा ती पदक जितेकी हुन् । नेपालमै जन्मे हुर्केकी भएर पनि डुआनाको यो सफलताको चर्चा बढी भइरहेको छ। गौरिकाको विगतको राष्ट्रिय कीर्तिमान तोडेका कारण पनि  डुआना चर्चाको शिखरमा पुगेकी हुन् ।

    डुआना नेपाली पौडीकी नयाँ अनुहार होइनन् तर पछिल्ला ६–७ वर्षयता नेपाली पौडीमा एकछत्र राज गरेकी गौरिका  सहभागी रहेको प्रतियोगितामा ९ स्वर्ण पदक जित्नु  डुआनाका लागि चानचुने कुरा थिएन। नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई प्रतिनिधित्व गरिरहेकी डुआनाले जितेका ९ स्वर्ण  ६ व्यक्तिगत र तीन टिम स्पर्धामा हुन्।  उनले एक कांस्य पदक पनि जितेकी छन्।

    डुआनाले धेरै स्पर्धामा आफ्नै कीर्तिमान सुधारेकी छिन भने  २ सय मिटर व्यक्तिगत मिड्लेमा गौरिका सिंहको राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै आफ्नो नाम  लेखाइन् । गौरिकाले आठौं राष्ट्रिय खेलकुदमा बनाएको २ मिनेट ३२ सेकेन्डको कीर्तिमानलाई भंग गर्दै डुआनाले २ मिनेट ३०.६७ सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी थिइन् । 

    डुवानाले आठौं राष्ट्रिय खेलकुदमा पनि तीन राष्ट्रिय कीर्तिमानसहित ५ स्वर्ण जितेकी थिइन् । डुआनाले सन् २०१८मा १२ वर्षको उमेरमा सिंगापुरमा भएको फिना पौडी विश्वकपमा भाग लिँदा कीर्तिमानी प्रदर्शन गरेकी थिइन । सिंगापुरमा उनले महिला ५०मिटर ब्रेस्टस्टेकमा (३५.८२ सेकेन्ड) तथा १ सय मिटर ब्रेस्टस्ट्रोकमा (१ मिनेट १६.९९ सेकेन्ड) नयाँ राष्ट्रिय कीतिमान बनाएकी थिइन । त्यसपछि उनले  फिना विश्व जुनियर च्याम्पियनसिपसहित थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता भाग लिएकी थिइन् । 

    ५–६ वर्षको उमेरदेखि  सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरी धाउन थालेकी थिइन, डुवानाले ।  देशमा अभ्यास गर्न उपयुक्त पोखरी नहुँदा  जाडो महिनामा थाइल्यान्डमा पौडीको अभ्यास  अगाडि बढाउने वातावरण मिलाइदिएका थिए,परिवारले । त्यसैले उनका पिता मुखिया लामा र आमा मेरी लामा अहिले डुआनाभन्दा बढि खुसी छन् । सात वर्षको उमेरमै जुनियर च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी डुआना आइरिस आमा र नेपाली बुवाका छोरी हुन् । 

    उनका बुवा मुखिया नेपाली फुटबलको महारथी मनाङ मर्स्याङ्दी क्लबका पदाधिकारी हुन् । उनको घर मनाङ हो ।


    images
    images

    Logo