images
images

एमाले अध्यक्ष ओलीलाई ज्वरो आएपछि पत्रकार सम्मेलनसहित भेटघाटका कार्यक्रम स्थगित


  • 432
    SHARES
  • २०७९ कार्तिक १ गते मंगलबार

    एमाले अध्यक्ष ओलीलाई ज्वरो आएपछि पत्रकार सम्मेलनसहित  भेटघाटका कार्यक्रम स्थगित

    काठमाडौं । आज दिउँसो गृहजिल्ला झापा पुगेका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।
     
    झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा आज झापा गएका हुन् । उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरी आएको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए ।

    तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उनी झापा गएका हुन् । अध्यक्ष ओलीलाई ज्वरो आएपछि आज दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताए । 


    images
    images

    Logo