काठमाडौं । देशभर १ हजार ७ सय १४ जना डेंगु रोगी थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७ सय ४३ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएकाे छ।
त्यस्तै, थप १ जना डेंगु रोगीको पनि मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । मन्त्रालयका अनुसार गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।