images
images

फेसबुकबाट प्रधानमन्त्री देउवालाई ‘लाईभ डिबेट’ मा आउँन ओलीका चुनौती


  • 468
    SHARES
  • २०७९ कार्तिक १ गते मंगलबार

    फेसबुकबाट प्रधानमन्त्री देउवालाई ‘लाईभ डिबेट’ मा आउँन ओलीका चुनौती

    काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन चुनौति दिएका छन् । मंगलबार अध्यक्ष ओलीले फेसबुकमार्फत उनले देउवासँग लाइभ डिबेटमा आउन आफु तयार रहेको बताएका हुन् ।  र ओलीले यसको लागि तयार हो कि होइन भनि देउवालाई प्रश्न समेत गरेका छन् । 

    अध्यक्ष ओलीले भनेका छन् ' सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले 'लाईभ डिबेट'मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?'

    उनले विदेशमा निर्वाचन अगाडी ‘लाईभ डिबेट’ को अभ्यास रहेको र सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले आफुलाई ‘लाईभ डिबेट’ मा आउन आग्रह गरेकोले ओलीले आफु यसको लागि तयार रहको बताएका हुन्।


    images
    images

    Logo