images
images

पूँजी वृद्धि गर्नेको लागि रकम थन्न शेयरधनीलाई आईएमई लाइफ इस्योरेन्सको आग्रह


  • 337
    SHARES
  • २०७९ कार्तिक १ गते मंगलबार

    पूँजी वृद्धि गर्नेको लागि रकम थन्न शेयरधनीलाई आईएमई लाइफ इस्योरेन्सको आग्रह

    काठमाडौं । आईएमई लाइफ इस्योरेन्सले पुँजी थप गर्ने शेयरधनीहरुलाई  आग्रह गरेको छ । इस्योरेन्सले मंगलबार एक सुचना जारी गर्दै संस्थापक शेयरधनीहरुलाई रकम थप गर्ने आग्रह गरेको हो । 

    कम्पनीको पूँजी वृद्धि गर्ने सम्बन्धमा बीमा समितिबाट भएको निर्देशन बमोजिम असोज २६ गते सम्पन्न भएको पाँचौ वार्षिक साधारण सभाले हाल कायम रहेको संस्थापक सेयरधनीहरूबाट १०० प्रतिशत थप लगानी गर्ने निर्णय गरेको थियो ।

    बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई २०७९ चैतसम्म चुक्ता पुँजी ५ अर्ब पुर्‍याउन निर्देशन दिएको थियो सोही निर्देशन अनुसार इन्स्योरेन्सले सेयरधनीहरुलाई मंसिर ५ सम्म भित्र कम्पनीको खातामा रकम जम्मा गर्न अनुरोध गरेको छ।

    संस्थापक शेयरधनीहरुले सिद्धार्थ बैंक, हात्तिसार, काठमाडौं र नबिल बैंक तिनधारा काठमाडौंमा रहेको बैंकखातामा रकम जम्मा गर्नु सक्ने कम्पनीले जनाएको छ ।


    images
    images

    Logo