images
images

कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्ने पाउँछन् ?


  • 335
    SHARES
  • २०७९ कार्तिक १ गते मंगलबार

    कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्ने पाउँछन् ?

    काठमाडौं ।  निर्वाचन आयोगले अगामी मसिंर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारहरुले गर्ने पाउने खर्चको सीमा तोकेको छ । आयोगले निर्वाचनमा उम्मेदवारहरुले २५ लाख रुपैयाँ देखि ३३ लाख रुपैयाँ सम्मको खर्च गर्ने पाउने निधारण गरेको हो । 

    आयोगले मतदाता संख्या, मतदान केन्द्रको संख्या र निर्वाचन क्षेत्रको क्षेत्रफलको आधारमा उम्मेदवारहरुको निर्वाचनको खर्चको सीमा तोकेको छ । जसमध्ये ५ वटा क्षेत्रको लागि २५ लाख, १७ क्षेत्रको लागि २७ लाख, ६५ क्षेत्रको लागि २९ लाख रुपैयाँ खर्चको सिमा तोकेको छ । 

    त्यस्तै,  ५२ वटा क्षेत्रको लागि ३१ लाख रुपैयाँ तोकेको छ भने २६ वटा क्षेत्रको लागि ३३ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको छ ।

    निर्वाचनमा उम्मेदवारले मतदाता नामावली खरिद, सवारी साधन, प्रचार प्रसार सामाग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, छापा एवम् विद्युतीय माध्यममा प्रचार र कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनमा खर्च गर्न पाउँछन् ।

    त्यस्तै‚ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रदेशसभाको निर्वाचनमा उल्लिखित ७० वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद १५ लाख रुपैयाँ, १४३ वटा निर्वाचन क्षेत्रमा १७ लाख रुपैयाँ, ५६ वटा निर्वाचन क्षेत्रमा १९ लाख रुपैयाँ, २९ वटा निर्वाचन क्षेत्रमा २१ लाख रुपैयाँ र ३२ वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद २३ लाख रुपैयाँ कायम गरिएको छ।

    कुन निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? सूची यस्तो छ

    1-18102022072814-1000x0.jpg

    2-18102022072824-1000x0.jpg

     

     

     

     


    images
    images

    Logo