काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकिएको समयमा व्यवसाय दर्ता गराउन आग्रह गरेको छ । महानगरले सोमवार सूचना जारी गर्दै महानगरमा व्यवसाय गर्दै आएका व्यवसायीलाई ३० दिन भित्र आफ्नो व्यवसाय दर्ता गराउन अनुरोध गरेको हो ।
कतिपय व्यवसायीहरूले सङ्घीय सरकार र प्रदेश सरकारबाट इजाजत लिएर व्यवसाय चलाएको भएपनि उनीहरुले समेत आफ्नो नजिकको वडा कार्यालयमा गई अनिवार्य रूपमा व्यवसाय दर्ता गनुपर्ने महानगरले जनाएको छ ।
यदी महानगरको अनुगमनको क्रममा व्यवसायीहरुले अटेर गरि व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा व्यवसाय नै बन्द गर्ने र नयमानुसार जरिवाना समेत असुल गर्ने महानगरले चेतचावनी दिएको छ ।