images
images

एकै महिनामा ५३ जना फरार प्रतिवादी पक्राउ 


  • 481
    SHARES
  • २०७९ कार्तिक १ गते मंगलबार

    एकै महिनामा ५३ जना फरार प्रतिवादी पक्राउ 

    काठमाडौ । ईलाका प्रहरी कार्यालय सालझण्डीले एक महिनामै ५३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । कार्यालयले असोज महिनामा मात्र सर्वस्वसहित जन्मकैद भएका व्यक्तिसँगै कर्तव्य ज्यान, जिउ मास्ने बेच्ने, जालसाजी मुद्वाका फरार प्रतिवादी पक्राउ गरेको हो । 

    पक्राउ पर्ने अन्यमा भ्रष्टाचार, जवर्जस्ती करणी, बन, ब्राउन सुगर, सवारीज्यान लगायतका मुद्दाका ५३ जना फरार प्रतिवादी रहेका छन् । उनिहरूलाई फैसला कार्यान्वयनका लागि रुपन्देही जिल्ला अदालतमा  पेश गरिएको छ । 

    उनिहरुबाट जम्मा २३ वर्ष ३ महिना कैद र १ लाख ६५ हजार ३७ रुपैयाँ जरिवाना असुलउपर गरी फैसला कार्यान्वयन गरिएको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।


    images
    images

    Logo