images
images

इष्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो


  • 348
    SHARES
  • २०७९ कार्तिक १ गते मंगलबार

    इष्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो

    काठमाडौं ।  इष्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले गत शुक्रवारदेखि आजसम्मका लागि आईपीओ निष्काशन गरेको थियो । आज सरकारले सार्वजनिकबिदा दिएकाले सो आईपीओमा आवेदन दिने समय एक दिनका लागि थप गरिएको हो ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि कुल ६ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेको छ ।

    कम्पनीले स्थानीयलाई बिक्रि गरेर बाँकी रहेको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई ६ लाख ७० हजार ३ सय १० कित्ता शेयर निष्काशन गरेको हो ।

    जसमध्ये ३३ हजार ५ सय १५ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने १३ हजार ४ सय ६ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको ६ लाख २३ हजार ३ सय ८९ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्केट रहेको छ। इच्छुक लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।


    images
    images

    Logo