काठमाडौं । विशेष अदालतका फैसला चित्त नबुझी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालतमा पुगेको सर्वोच्च अदालतमा पुगेको छ । विशेष अदालतबाट भएका फैसलामा असहमति जनाउँदै टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग सोमबार सर्वोच्च अदालतमा पुगेको हो ।
घुससहित रंगेहात पक्राउ परेका व्यक्तिविरुद्धको मुद्दामा विशेष अदालतले गरेको पछिल्ला फैसलामा चित्त नबुझेपछि अख्तियार सर्वोच्चमा पुगेको हो ।
अख्तियारले गत चैतदेखि जेठसम्म भएका फैसलामध्ये १० वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दिने निर्णय गरेको छ । यी १० वटामा घुस÷रिसवत सम्बन्धी ८, प्रश्नपत्रको गोपनियता भंग १ र गलत प्रतिवेदन तथा झुट्टा बिल भरपाई १ गरी जम्मा १० वटा मुद्दा रहेका छन् ।