काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशनको लागि बोर्डमा निवेदन दिएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरको मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।
बैंकले ११ प्रतिशत व्यजदरमा १० वर्ष समयावधिको लागि महालक्ष्मी ऋणपत्र २०८९” जारी गर्न लागेको छ । कम्पनीले कुल कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।
उक्त ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धकमा बैंकले एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।