काठमाडौं । सरकारले भोली अथात् कात्तिक १ गते शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले सोमबार सुचना जारी गर्दै भोली देशभर सार्वजनिक विदा दिने विदा दिने भएको हो ।
आइतबार जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न जाँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।
मन्त्रालयका अनुसार मंगलबार सार्वजनिक विदा तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारको निर्णय भएको जनाएको छ ।
