images
images

भाइटिकाको साइत सार्वजनिक, कुन देशमा कति बजे ? (सूचीसहित)


  • 2.6K
    SHARES
  • २०७९ आश्विन ३१ गते सोमबार

    भाइटिकाको साइत सार्वजनिक, कुन देशमा कति बजे ? (सूचीसहित)

    काठमाडौं । यस वर्षको भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ।

    अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा जुरेको जनाएको हो।

    टिका लगाउने उत्तम साइत ११ः३७ बजे भएपनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

    समितिका अनुसार, भारतमा ११ः५५ बजे, अमेरिकाको न्युर्योकमा २६ अक्टोवरको बिहान ११ः२५ बजे उत्तम साइत रहेको छ । त्यस्तै क्यानाडामा २६ अक्टोवर ११ः४५ बजे तथा अस्ट्रेलियाको सिडनिमा २७ अक्टोवरको बिहान ११ः१५ बजे उत्तम साइत रहेको छ । 

    त्यसैगरी, अस्ट्रेलियाकै मेलवर्नमा २७ अक्टोवरको बिहान ११ः११ बजे उत्तम साइत रहेको भने न्युजिलेण्डमा २७ अक्टोवरको बिहान ११ः१५ बजे उत्तम साइत रहेको छ । पोर्चुगलमा २६ अक्टोवरको बिहान ११ः२१ बजे उत्तम साइत रहेको समितिद्धारा जारी सूचनामा उल्लेख छ । 

    311605415_2434864699985233_598960944043302521_n.jpg


    images
    images

    Logo