images
images

जरिवाना नतिर्ने ४०८ जना उम्मेदवारको नाम सार्वजनिक, ठूला दलबाट को को परे ? (नामावलीसहित)


  • 316
    SHARES
  • २०७९ आश्विन ३१ गते सोमबार

    जरिवाना नतिर्ने ४०८ जना उम्मेदवारको नाम सार्वजनिक, ठूला दलबाट को को परे ? (नामावलीसहित)

    काठमाडौं । निर्वाचन आयोगले जरिवाना नतिर्ने उम्मेदवारको नाम सार्वजनिक गरेको छ । आयोगले सोमबार प्रतिनिधि सभा तथा प्रदेश सभाका समानुपातिक निर्वाचन अन्तर्गतका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो । यसमध्ये समानुपातिक निर्वाचन प्रतिनिधि सभा अन्तर्गतका १ सय ४५ जना र प्रदेश सभा तर्फको २ सय ६३ जना रहेका छन् । 

    स्थानीय तहको निर्वाचनमा उम्मेदवार रहेका उम्मेदवारहरुले तोकिएको समयमा निर्वाचन खर्च नबुझाउने उम्मेदवारहरुलाई आयोगले जरिवाना गरेको थियो । आयोगले जरिवाना गरेका उम्मेदवारहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभामा सदस्य उम्मेदवारी दिएका व्यक्तीहरुले कात्तिक ५ गते भित्र जरिवाना बुझाउन निर्देशन दिएको थियो।

    जरिवाना वापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउन समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने आयोगले जनाएको छ ।

    नाम सार्वजनिक भएका मध्ये प्रतिनिधि सभामा ठूला दलहरु एमाले र कांग्रेसबाट कोहीपनि परेका छैनन् । माओवादीका ४ जना, जसपाको ११ जना, एकीकृत समाजवादीका ६ जनाको नाम सार्वजनिक भएको छ ।


    images
    images

    Logo