काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप ३३ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्ष संघका अनुसार असोज महिनाकाे चौँथो सातासम्म आउँदा बैंकहरुको निक्षेप सो रुपैयाँ बराबर बढ्न पुगेको हो ।
संघका अनुसार भदौको अन्तिम साता ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको निक्षेप असोज महिनाको चौँथो सातासम्ममा ३३ अर्ब रुपैयाँले बढेर ४५ खर्ब १९ अर्ब रुपैयाँमा पुगेको छ ।
त्यस्तै, सो अवधिमा बैंकहरुको कर्जा लगानी भने थोरैमात्र बढ्न पुगेको छ । साउन अन्तिम साता ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको कर्जा लगानी असोज महिनाको चौँथो सातासम्ममा ३ अर्बले बढेर ४१ खर्ब ९३ अर्ब रुपैयाँमा पुगेको संघले जनाएको छ ।