images
images

एक विदेशी कम्पनीसहित १७ कम्पनी कालोसूचीमा पर्दै, कार्यालयले माग्यो स्पष्टीकरण


  • 455
    SHARES
  • २०७९ आश्विन ३१ गते सोमबार

    एक विदेशी कम्पनीसहित १७ कम्पनी कालोसूचीमा पर्दै, कार्यालयले माग्यो स्पष्टीकरण

    काठमाडौं । सार्वजािक खरिद अनुगमन कार्यलयले समयमा काम नसक्नी १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न स्पष्टीकरण माग गरेको छ । 

    यी कम्पनीहरुले विभिन्न योजनाको कार्यमा पटकपटक समय थप्दापनि समयमा काम नसकेकाले विभिन्न आयोजना कार्यालयहरुले १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न अनुगमन कार्यलयमा सिफारिस गरेका छन् । 

    यसरी कालोसूचीमा राख्न सिफारिस भएका कम्पनीहरुमा जलेश्वर निर्माण सेवा, धादिङ, त्यस्तै, सच्दिानन्द सप्लायर्स तथा कन्ट्रक्सन प्रालि,इलाम, प्रज्वल विष्ट, इलाम, हेम्सिन इलेक्ट्रिकल प्रालि, चिन, शर्मिला कन्ट्रक्सन सेवा, पाल्पा, किसन कन्ट्रक्सन,जनकपुरधाम धनुषा रहेका छन् । 

    त्यसैगरि, कोहिनुर इम्पोरियम, काठमाडौं, अहरेओला इन्टरप्राइजेज, काठमाडौं, देव कन्ट्रक्सन धनुषा, राष्ट्र सेवा निर्माण सेवा, डडेल्धुरा, एसएसपी कन्ट्रक्सन, धादिङ, लक्ष्मी निमार्ण सेवा, अर्घखाँची, सिम्लेश्वर बिल्डर्स, काठमाडौं, डी.भी घिमिरे कन्ट्रक्सन, कुरिनटार, अन्जना निर्माण सेवा, चितवन, सिल्क/सिनोम्याक/ग्लोबल म्याटिक्स/विध जेभी,काठमाडौं र सिल्क मार्केट प्रालि काठमाडौंलाई अनुगमन कार्यलयले कालोसूचीमा राख्न लागेको हो।

    अनुगमन कार्यालयले यी कम्पनीहरुलाई ७ दिनभित्र कालोसूचीमा नराख्नको लागि स्पष्टिकरण पेश गर्न माग गरेको छ। सातदिनभित्र स्पष्टिकरण पेश नगरे स्वतः यी कम्पनीहरु कालोसूचीमा जाने कार्यालयले जनाएकाे छ ।


    images
    images

    Logo