images
images

गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश


  • 287
    SHARES
  • २०७९ आश्विन ३० गते आइतबार

    गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही–२ बाट सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

    न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले आज गुरुङको उम्मेदवारी खारेज गर्ने यही असोज २५ गतेको निर्वाचन अधिकृतको कार्यालयलाई निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    अदालतले गुरुङको उम्मेदवारी खारेज गर्नुको कारण पेस गर्न आदेशमा भनिएको छ भने मुद्दामा आगामी कात्तिक २ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।

    रुपेन्दही–२ मा निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको उम्मेदवारीविरुद्ध नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार गुरुङले सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दायर गरेका थिए।

    गुरुङविरुद्ध बैंकिङ कसुरमा दोषी ठहर भएको उल्लेख गर्दै उजुरी दर्ता भएपछि निर्वाचन अधिकृतको कार्यालयले खारेज गर्ने निर्णय गरेको थियो ।


    images
    images

    Logo