images
images

जरिवाना नबुझाउने उम्मेदवारको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको चेतावनी


  • 393
    SHARES
  • २०७९ आश्विन ३० गते आइतबार

    जरिवाना नबुझाउने उम्मेदवारको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको चेतावनी

    काठमाडौं । निर्वाचन आयोगले जरिवाना नबुझाउने उम्मेदवारको उम्मेदवारी खारेज गर्ने चेतावनी दिएको छ । आइतवार आयोगले विज्ञप्ति जारी गर्दै कारबाहीमा परेका उम्मेदवारहरुलाई तोकिएको समयमा जरिवाना बुझाउन निर्देशन दिएको हो ।

    स्थानीय तहको निर्वाचनमा उम्मेदवार रहेका उम्मेदवारहरुले तोकिएको समयमा निर्वाचन खर्च नबुझाउने उम्मेदवारहरुलाई आयोगले जरिवाना गरेको थियो । आयोगले जरिवाना गरेका उम्मेदवारहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभामा सदस्य उम्मेदवारी दिएका व्यक्तीहरुले कात्तिक ५ गते भित्र जरिवाना बुझाउन निर्देशन दिएको छ । 

    जरिवाना वापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउन समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने आयोगले जनाएको छ । 


    images
    images

    Logo