काठमाडौं । सरकारले प्याराग्लाइडिङ अनिश्चितकालको लागि बन्द गरेको छ । नेपाल नागारिक उड्डयन प्राधिकरणले अर्को नयाँ व्यवस्था नभएसम्म देशभरको प्याराग्लाइडिङ बन्द गर्ने भएको हो । आइतबारमात्र पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु हुन पुगको थियो । यससँगै प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय प्राधिकरणले गरेको हो ।
प्याराग्लाइडिङ उडानमा चालक र यात्रुको सुरक्षाबारे पर्याप्त व्यवस्था नहुँदा भएको समस्यालाई ध्यानमा राखेर प्राधिकरणले उडान रोकेको छ । यसले देशभर प्याराग्लाइडिङ उडान बन्द हुनेछ ।