काठमाडौं । एमाले परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएका नेता प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियान घोषणा गरेका छन् । साहको मूल संयोजकत्वमा घोषणा भएको उक्त अभियानले मधेश प्रदेशका ८ वटै जिल्लाका लागि संयोजकहरु चयन समेत गरेको छ ।
जसअन्तर्गत पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह अमर, सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिराहमा रोज यादव र सप्तरीमा बसन्त मण्डल चयन भएका छन् ।
साहले राजनीतिक नेताको गलत गतिविधि र अपवित्र गठबन्धनका कारणले देश नै अस्थिर भएको भन्दै यस्तो अवस्थामा स्वतन्त्र उम्मेदवारहरुको जीत जरुरी भएको उल्लेख गरेका छन् ।