काठमाडौं । साताको पहिलो दिन ९.६९ अंकले घटेर १ हजार ८ सय ६० दशमलव ९४ विन्दुमा पुगेको छ । २ सय २१ स्क्रिपको ८० करोड ३५ लाख रुपैयाँ बराबरको २५ लाख ७४ हजार कित्ता शेयर किनबेच भएको छ ।
आइतबार ३० कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ४८ कम्पनीको शेयर मुल्यमा घटेको छ भने ५ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ । आइतबार बैंकिङ्ग र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ।
आइतबार एभरेष्ट्र बैंकको ८ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने गरिमा विकास बैंकको ४ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज सबैभन्दा बढी अभियान लघुवित्तको शेयर कारोबार भएको छ । यसको ९.९९ प्रतिशतले बढेको छ ।



