काठमाडौं । बैंक अफ काठमाण्डूले लाभांश घोषणा गरेको छ । आइतवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७८/७८ को नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र १४.९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ बैंकको आगामी साधारणसभाले परित गरे पश्चात वितरण गरिने बैकले जनाएकाे छ ।