images
images

१२ लाख स्मार्ट लाइसेन्स खरिदको लागि विभागले सुरु गर्यो टेण्डर आह्वान


  • 340
    SHARES
  • २०७९ आश्विन ३० गते आइतबार

    १२ लाख स्मार्ट लाइसेन्स खरिदको लागि विभागले सुरु गर्यो टेण्डर आह्वान

    काठमाडौं । यातायात व्यवस्था विभागले १२ लाख स्मार्ट लाइसेन्स खरिदको लागि टेण्डर आह्वान गरेको छ । विभागले आइतबार सुचना जारी गर्दै स्मार्ट लाइसेन्स खरिदको लागि टेण्डर आह्वान गरेको हो । 

    अन्तर्राष्ट्रिय तथा नेपाली जेभी कम्पनीले ठेक्का लिन सक्ने छन् भने  ठेक्कामा सहभागी कम्पनीहरुले सेक्युरिटीका लागि ६५ लाख ६४ हजार रुपैयाँ अर्थात ५० हजार डलर रुपैयाँ राख्नुपर्ने टेण्डरमा राख्नुपर्ने छ ।

    डिजाइन स्वीकृत भएको तीन महिनाभित्र उक्त स्मार्ट लाइसेन्स सप्लाई गर्नु पर्दछ। डिजाइनको स्वीकृति १० दिनमा हुने विभागले जनाएको छ। विभागले बोलपत्र कागजात, व्यापारिक पक्ष, योग्यता, प्राविधिक र आर्थिक पक्षका आधारमा प्रस्ताव मूल्यांकन गरेर कम्पनी छनोट गरिने जनाएको छ।

    58aefdda31e64505b7820211427b3fcd-0001.jpg


    images
    images

    Logo