काठमाडौं । विश्व भोकमरीको सूचांकमा श्रीलंका ६४ औँ स्थानमा रहेको छ । कन्सर्न वर्ल्डवाइड आइरिस सहायता एजेन्सी र वेल्टहंगरहिल्फ नामक जर्मन संस्थाले संयुक्त रूपमा विश्व भोकमरी सूचकाङ्क (जिएचआई) २०२२ सार्वजनिक गरेका छन् ।
संसारभरिका १२१ देशमध्ये श्रीलंका ६४ औँ स्थानमा रहँदा नेपाल ८१ औँ स्थानमा रहेको छ । सन् २०२१ मा नेपाल विश्वभरका देशहरुमध्ये भोकमरी सूचकमा ७६ औं स्थानमा थियो । हाल नेपालकाे अवस्था गत वर्षकाेभन्दा नाजुक हुँदै गएकाे देखिन्छ ।
यस्तै, भारत १०७ औँ स्थानमा रहेको छ । उक्त देश गत वर्ष १०१ स्थानमा रहेको थियो । उक्त प्रतिवेदन अनुसार म्यानमार ७१ औं स्थानमा रहेको छ भने बंगलादेश ८४ औँ स्थान र पाकिस्थान ९९ र्औ स्थानमा छ ।
बेलारुस, चिली, चीन, कुवेत, हंगेरी, रोमानिया, टर्कि लगायतका १७ देशमा भोकमरीको जोखिम नरहेको सो प्रतिवेदनले जनाएको छ ।



