images
images

लघुबीमाको लाइसेन्सबारे बीमा समितिलाई निर्वाचन आयोगको ३ दिने स्पष्टीकरण


  • 297
    SHARES
  • २०७९ आश्विन ३० गते आइतबार

    लघुबीमाको लाइसेन्सबारे बीमा समितिलाई निर्वाचन आयोगको ३ दिने स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले लघुविमालाई लाइसेन्स वितरणबारे बीमा समितिलाई ३ दिने स्पष्टीकरण सोधेको छ ।  आयोगले शुक्रबार पत्र पठाउँदै निर्वाचन आचारसंहिता लागु भएको बेला लाइसेन्स वितरण गर्न लागिएको सम्बन्धमा जवाफ मागेको हो। 

    निर्वाचन आयोगले असोज १२ गतेदेखि आचारसंहिता लागु भएसँगै कुनैपनि लाइसेन्स वितरण गर्न नपाउने भनिएको थियो । सरकारले नेपाल धितोपत्र बोर्ड र बीमा समितिमार्फत् लाइसेन्स वितरणको प्रक्रिया अघि बढाएको छ ।

    सरकारले स्टक एक्सचेञ्ज, शेयर ब्रोकर, लघु बिमा, कमोडिटी एक्सचेञ्ज, बोक्रर लाइसेन्स, विशिष्टीकृत लगानी, कोष व्यवस्थापन, क्रेडिट रेटिङ,  निकुञ्जभित्र होटल र निकुञ्जभित्र विद्युत आयोगजना सञ्चालन समेतको लाइसेन्स वितरण गर्ने लागेको समाचार प्रकाशन भएको थियो । त्यही क्रममा बीमा समितिको क्षेत्रभित्र पर्ने संस्थाको लाइसेन्सबारे आयोगले समितिलाई स्पष्टीकरण सोधेको हो । 

    आयोगले पठाएको पत्रमा भनिएको छ, ‘निर्वाचन आचारसंहिता लागु  भै सकेको अवस्थामा तहाँबाट लाइसेन्स विवरण गर्ने सम्बन्धमा कुनै प्रक्रिया अगाडी बढाइएको छ या छैन, वा सो लाइसेन्स वितरणको प्रक्रिया अगाडी बढाइएको भए आचारसंहिता विपरित उक्त कार्य किन रोक्नु नपर्ने हो ? भन्ने खुलाई तीन दिन भित्र स्पष्ट जवाफ पठाउन निर्णयअनुसार अनुरोध गरिन्छ’। 

    electin-letter-to-beema-samiti.jpg

     


    images
    images

    Logo