images
images

चुनावी  चहलपहल बढेसँगै मुलुकभरका होटलमा चहलपहल, व्यवसाय फस्टाउदै 


  • 378
    SHARES
  • २०७९ आश्विन ३० गते आइतबार

    चुनावी  चहलपहल बढेसँगै मुलुकभरका होटलमा चहलपहल, व्यवसाय फस्टाउदै 

    काठमाडौं । चुनावी  चहलपहल बढेसँगै मुलुक भरकै होटल व्यवसायमा चहल पहल बढ्न थालेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को प्रचार प्रसार बढेसंगै मुलुकका ७७ वटै जिल्लाका साना ठुला होटलमा चहल पहल बढेको हो । 

    कोरोनाले लामो समय थलिएका होटलमा यसअघि स्थानीय निर्वाचनमा चहल पहल बढेको थियो । करिव दुई वर्ष कोरोनाका कारण सुनसान बनेका होटलमा स्थानीय तहको निर्वाचन पछि फेरी सन्नाटा छाएकोमा संघीय निर्वाचन नजिकिएसंगै व्यापार फस्टाउन थालेको हो । 

     बाराका एक होटल व्यवसायीका अनुसार, लामो समय सुनसान रहेका अधिकाँश होटलहरु अहिले भरिभराउन हुन थालेका छन् । होटलमा खाना, नासता खानेदेखि राती बसेर मिटिङ गर्नेको संख्या बढ्न थालेको ती व्यवसायीको भनाई छ । 

    पहिले करिव ५०–६० हजारको कारोवार हुने गरेकोमा चुनावी गतीविधि बढेसंगैं कारोवार बढेर दैनिक एक–डेढ लाख पुगेको ती व्यवसायीको भनाई छ । व्यापार बढेको जानकारी पाए चुनावमा बढी चन्दा दिनुपर्ने भएको भन्दै उनले होटल र आफ्नो नाम खुलाउन चाहेनन् । 

    बाराजस्तै रौतहट, पर्सा, मकवानपुर र चितवनका होटलहरुमा पनि हिजोआज चहल पहल बढ्न थालेको छ । चुनावी वातावरण बढ्दै जाँदा होटलमा कार्यकर्ता भेटघाट देखि साना तीना अन्तरक्रिया कार्यक्रम समेत हुन थालेको चितवनको सा्रैराहास्थित मोनालिसा होटलका सञ्चालक केशव खनाल बताउँछन् । अनालका अनुसार, पछिल्लो समय राती बस्ने भन्दा पनि दिउसो कार्यक्रम गर्ने र पार्टीका अन्तरक्रिया लगायतका कार्यक्रम गर्ने क्रम बढेर गएको छ । 
     
     उता महोतरीमा पनि चुनावी गतीविधिसंगै होटलहरुमा चहल पहल बढ्न थालेको छ । जिल्लाका चार प्रतिनिधिसभा क्षेत्रमा निर्वाचन हुन लागेपछि जिल्लाका बिचिन्न बजारका होटल केही दिनयता ग्राहकले खचाखच भरिएका छन् । चुनावी चहलपहलको भीडले होटल व्यवसाय प्रवद्र्धन गएको व्यवसायीको भनाइ छ ।

    जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ को बर्दिबासमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारका  निर्वाचन परिचालन कार्यालय सञ्चालनमा आएसँगै होटलमा ग्राहकको सङ्ख्या ह्वात्तै बढेको व्यवसायीको भनाई छ ।

     निर्वाचनमा उमेद्वारले चुनाव चिन्ह पाएर प्रचार प्रसार अघि बढाउन थालेपछि होटल खचाखच भरिन थालेका हुन् । उम्मेदवारका कार्यालयमा आउजाउ गर्ने बढेसँगै होटलमा ग्राहक बढेको बताइएको छ ।

    व्यवसायीका अनुसार, साना–ठूला गरी एक सयको हाराहारीमा होटल रहेको बर्दिबासमा सबै होटल अहिले भरिभराउ देखिँदैछन् । जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लवराजा सिंह तिहार र छठ पर्वपछि चुनावी माहोल अझ उत्कर्षमा पुग्ने र होटल लगायतका व्यवसाय अझ फस्टाउने बताउँछन् ।


    images
    images

    Logo