images
images

रहेनन् १०३ बर्षका शताब्दी पुरुष सत्यमोहन जोशी


  • 643
    SHARES
  • २०७९ आश्विन ३० गते आइतबार

    रहेनन् १०३ बर्षका शताब्दी पुरुष सत्यमोहन जोशी

    काठमाडौं । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ ।

    पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई  सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत थिए । शताब्दी पुरुषको आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको उनको उपचारमा संलग्न डा सुरज बज्राचार्यले जानकारी दिए ।
      
    अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।  कलेजले  जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो ।


    images
    images

    Logo