images
images

सहरी विकास मन्त्री चौधरीले गरे सरकारी गाडी फिर्ता


  • 576
    SHARES
  • २०७९ आश्विन २९ गते शनिबार

    सहरी विकास मन्त्री चौधरीले गरे सरकारी गाडी फिर्ता

    काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना गर्दै आफूले चड्ने गरेको सरकारी गाडी फिर्ता गरेका छन् । 

    निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचारसंहित अनुरुप मन्त्री चौधरीले बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेर लु ३ च ३१४ नम्बरको स्कर्पियो प्रयोग गर्न थालेका प्रेस संयोजक सूर्य बिसीले जानकारी दिए । 

    मन्त्री चौधरी दाङ क्षेत्र नम्बर १ बाट चुनावी प्रतिष्पर्धामा छन् । एमालेकी शान्ता चौधरी र नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएकी गंगा चौधरीसँग उनले प्रतिष्पर्धा गर्न लागेका छन् । 


    images
    images

    Logo